एमसीडोडोका २ इयरबर्ड नेपालमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 04:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड सार्वजनिक गरेको छ । कम्पनीले एचपी ३३०० र एचपी ३२९० इयरबड नेपालमा सार्वजनिक गरेको छ ।

विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको ब्राण्ड एमसीडोडोले यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने जनाएको छ । 

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरु उपलब्ध छन् । एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ । यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य ४ हजार ८८० रुपैयाँ रहेको छ । 

त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ । एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले मात्र ३ हजार ७८५ रुपैयाँमा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ । 

इयरबर्डहरु देशभरका रिटेल स्टोरहरु तथा दराज एप मार्फत अनलाइन पनि खरिद गर्न सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved