साताको चौँथो दिन आज बुधबार आज सुनचाँदीको भाउ घटेको छ । आज मंगलबार ५९ हजार २ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाला सुन आज ५ रुपैयाँले घटेर ५८ हजार ७ सयमा कारोबार भईरहेको छ । आज तेजावी पनि तोलाको ५ सयले घटेर प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ३ सय २५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७० रुपैयाँ कायम गरेको छ । महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ तोकिएको छ ।