बिहिबारको कारोबारमा सुनचाँदीको मुल्य बढेको छ। बुधबारको तुलनामा सुनको मुल्य प्रति तोला एक सयले बढेको छ भने चांदी पांच रुपैयाँले बढेको छ।
छापावाल सुन प्रति तोला ५८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ भने चांदी ७७० मा कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुन प्रति तोला ५७ हजार ९०० मा कारोबार भईरहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको ४९ हजार ९००, तेजावी सुन ४९ हजार ६४५ र चांदीको ६६० कायम गरेको छ।