साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । आईतवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।
छावापाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेकोे छ । यसैगरी तेजावी सुन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ४ सय ७० रुपैयाँ, तेजावी सुन ४९ हजार २ सय १५ रुपैयाँ र चाँदीमा ६ सय ४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।