साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य बृद्धि भएको हो ।
छावापाल सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार २ सय ९५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४० रुपैयाँ र चाँदीमा ६ सय ४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।