साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ४० रुपैयाँमा, तेजावी सुन ४८ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय रुपैयाँ मूल्य कायम गरेको छ ।