साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रति तोला ६ सय रुपैयाँ बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य तोकेको छ ।