साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ भने चाँदीको चाँदी स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको कारोबारको लागि छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७ सय ५५ रुपैयाँ, तेजावी सुन ५० हजार ५ सय रुपैयाँ र चाँदी ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।