साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार १ सय ५५ रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय रुपैयाँ र चाँदीमा ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।