सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ कायम गरेपछि नयाँ रेकर्ड बनेको हो ।
यसअघि गत असार ६ गते सुन ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो बीचमा सुन प्रतितोला ६४ हजारदेखि ६५ हजारमा कारोबार भइरहेको थियो । बिहिबार ६५ हजारमा कारोबार भएको सुन ५ सय रुपैयाँ बढेर अहिले सम्मकै उच्च मूल्यमा पुगेको महासंघले जनाएको छ ।
अमेरिकाको चाइना, भारत र इरानसँगको विवादका कारण सुनको मूल्य आकाशिएको अनुमान गरिएको छ ।