सुनको भाउ ७० हजार पुगेको छ । बुधबार तोलाको ६९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ बिहिबार ५ सयले बढेर ७० हजार पुगेको छ ।
बुधबार ६९ हजार २ सयमा कारोबार भएको तेजावी सुनको भाउ पनि तोलामा ५ सयले बढेर ६९ हजार ७ सय पुगेको छ । चाँदी तोलाको ८२५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७६० र प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।