घट्यो सुनको भाउ, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 10:29:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ६ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय २७ रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved