सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार छापावाला सुन १ हजारले महङ्गो हुँदै ७१ रुपैयाँ प्रति तोलामा कारोबार भईरहेको छ । नेपालमा हालसम्म भएको सुनको कारोबारमा यो नै उच्च मूल्य हो ।
मंगलबार तेजावी सुन पनि तोलामा १ हजारले बढेर ७० हजार ७ सयमा कारोबार भईरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ८३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको अन्तिम दिन शुक्रबारबाट तोलाको ७० हजारमा रोकिएको सुन मंगलबार फेरि महङ्गिएको हो ।