सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतवार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ७७ हजारमा पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सयले नै बढेर ७६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
चाँदी पनि भने स्थिर छ । आइतवार प्रति तोला ७२० रुपैयाँ रहेको चाँदीको भाउ आजपनि सोही मुल्य कायम छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६६ हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।