आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ १०० रुपैयाँले घटेर आज ९२ हजार २०० रुपैयाँमा आईपुगेको छ ।
तेजावी सुन आज तोलामा १०५ रुपैयाँले घटेर ९१ हजार ७६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज तोलाको पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ६७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८५३ रुपैयाँ कायम गरेको छ ।