तोलामा १ हजारले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 10:51:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेरप्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved