सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 10:47:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै सस्तिएर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ३ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७७ हजार ९ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved