तोलामा ३ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 11:07:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउमा भारी वृद्धि भएको छ । दशैँ पछिको पहिलो कारोबार दिनमै सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको हो । 

दशैँ बिदा अगाडी तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ हजार रुपैयाँले नै बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला ८५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved