तोलामा १ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 10:39:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार १८५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved