तोलामा १ हजारले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 11:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९४ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर तोलाको १ हजार १६० सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved