सुनको मुल्य घट्यो कतिमा हुँदैछ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 10:49:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिवार तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८  सयले घटेर १ लाख २  हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा  गिरावट आएको छ। तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved