सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 11:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर १ लाख ३ हजार ९ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९  हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved