दुई सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 11:14:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार ४ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा पनि२ सयले बढेर प्रति तोला १ लाख २  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६०  रुपैयाँमा कायम भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार २ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved