सुनको भाउ घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2023 | 11:05:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। 

तेजाबी सुनको भाउ पनि आज तोलामा २  सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ  स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ५  सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved