विश्व बैंकद्वारा नेपालका लागि ८० मिलियन डलर बराबरको ऋण स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 12:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले नेपालका लागि विकास नीति सहायता अन्तरगत ८० मिलियन अमेरिकी डलर अर्थात् १० अर्ब ६८ करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले सोमबार नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउनको लागि उक्त रकम स्वीकृत गरेको हो।

उक्त रकमबाट वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ। यस सञ्चालनले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने  अपेक्षा गरिएको छ । यसका साथै  यसले पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिनेछ। 

नेपालका लागि विश्व बैंकका  राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले यस परियोजनाबाट नेपालको हरित, लचिलो र समावेशी विकासमा टेवा पुग्ने र आर्थिक वृद्धिमा योगदान पुर्याउन निजी लगानीका लागि सक्षम वातावरण सृजना गर्न मद्दत गर्ने बताएका छन् । 

त्यस्तै उक्त परियोजनाका लागि विश्व बैंकको कार्य टोली प्रमुख तात्सियाना क्लियात्स्कोभाले नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने बताइन् । 

विश्व बंैक नेपालको प्रमुख दातृ निकाय हो । वन, कृषि, परियोजना निर्माण र रोजगारी सृजना लगायतका क्षेत्रमा विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिंदै  आएको छ । एजेन्सी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved