सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 10:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मूल्य बढेको छ । हिजो बिहिबार तोलाको १ लाख ८ हजार २ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved