सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 11:00:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार २ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६  रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६  सय रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार १ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved