हालसम्म कै महँगो हुँदै सुनको मूल्यले बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 10:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ४ सय ५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत चैत्र ५ गते प्रति तोला १ लाख १० हजारमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। आज सो रेकर्ड पनि तोडिएर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved