घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 10:56:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रति तोला १ लाख १० हजार २ सयमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले घटेर  १ लाख ९ हजार ६ सय ५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ४  सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार १०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved