आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 10:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहिबार तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सयले घटेर प्रति तोला १ लाख १० हजारमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज  घटेर प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved