९ हजार ३ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 11:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एक वर्षमा सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको छ । गत वर्ष (२०७९ बैशाख १ गते) आजको दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ थियो । आज २०८० बैशाख १ गते सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको भाउ गत बैशाख १ गते प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ एक वर्षमा प्रतितोला ९ हजार २५० रुपैयाँले महँगिएको छ ।

यो एक वर्षमा चाँदीको भाउ भने तोलाको ५० रुपैयाँले बढेको छ । गत बैशाख १ गते तोलाको १ हजार ४ सय रहेको चाँदीको भाउ आज २०८० बैशाख १ गते प्रतितोला १ हजार ४५० रुपैयाँमा आइपुगेको छ ।

यो वर्षको सुरुमा रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको थियो । अहिले फेरि अमेरिकामा बैंकहरु डुबेको समाचारले अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved