सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 10:51:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३५० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved