घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 11:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९  सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ९ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा  ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३  हजार २ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४० रुपैयाँ ५० पैसा कायम गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved