सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 10:51:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved