आज पनि सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 10:48:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ३ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved