सुनको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 10:41:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एकैपटक १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा १ हजार ७५० रुपैयाँले बढेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved