आज पनि बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 10:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको  १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved