बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 10:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलवार सुनको भाउ बढेको छ । सोमबार तोलाको  १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved