तोलामा ११ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 10:46:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा झरेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार ५० रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved