आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 10:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार पनि तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज तोलामा ३ रुपैयाँले नै घटेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved