सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, ३ दिन मै ४४ सयको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 12:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ ।  बुधबार तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । यो हाल सम्म कै उच्च मूल्य हो ।

आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० कायम भएको छ ।  चाँदीको भाउ पनि तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ । 

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ३  दिनको अवधि मै सुनको मूल्य ४४ सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved