सुनको मूल्यले बनायो नयाँ रेकर्ड, ४ दिन मै ५२ सयको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 10:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ ।  बिहिबार तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हाल सम्म कै उच्च मूल्य हो ।

आज तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख १२ हजार ७ सय ५० कायम भएको छ ।  चाँदीको भाउ पनि तोलामा २५ रुपियाँले बढेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ । 

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved