सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 12:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ । 

आज तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा स्थिर छ । 

चाँदीको भाउ तोलामा १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved