बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 10:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा स्थिर छ । 

चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९६ हजार १ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved