सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 11:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा स्थिर छ । 

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved