सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 10:33:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved