आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 10:51:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ । 

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved