घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 11:00:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३  सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved