आज पनि बढ्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 10:29:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले नै बढेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved