घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 11:15:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६  सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन घटेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ स्थिर रहदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved